२० असार २०८३, शनिबार

यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्यागप्याक उपहारमा पाइने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खाली नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्सबाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् ।

यती एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितीमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ् पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् । यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिकसम्म रहनेछ । अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाइल लगेज नेपालको आधिकारिक फेसबुक पेज वा इन्स्टाग्राम पेजमार्फत खरिद गरी प्राप्त छुटको लागि डेलिभरीको समयमा यती एअरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् । क्रोकोडाइल लगेजका आधिकारीक बिक्रेता देशैभरी रहेका छन् भने ब्राण्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा रहेको छ ।

१९४७ मा स्थापना भएको क्रोकोडाइल लगेज तथा ब्याकप्याकको ग्लोबल ब्राण्ड हो । सन् १९९८ देखि नेपाली बजारमा निरन्तर बिक्री वितरण भइरहेको क्रोकोडाइल प्रिमियम उत्पादन र एफोर्डेबल प्राइसिङ्का लागि आम उपभोक्ता माझ लोकप्रिय रहँदै आएको छ ।

पाँच वर्षका वारेन्टी प्रदान गरिएका क्रोकोडाइल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्राण्ड भएको बताउँदै कम्पनीका निर्देशक वासु सर्राफ भन्छन्, ‘हामीले दोस्रो पुस्ताको रुपमा लगेजको व्यापार गरिरहेका छौँ । गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिका लागि हामीले निरन्तर गरेको मिहेनतको प्रतिफल स्वरुप आज हामीले बलियो ब्राण्ड इमेज बनाउन सफल भएका हौँ ।’ उनी थप्छन्, ‘उपभोक्तालाई अझ एफोर्डेबल प्राइस उपलब्ध गराउन सकियोस् भनेर ब्राण्डसँग विशेष अनुरोधमा यती एअरलाइन्सका यात्रुहरुलाई हामीले यो छुट प्रदान गर्न सफल भएका हौँ ।’

यती एअरलाइन्स र क्रोकोडाइल लगेजबीचको यो सहकार्यले यती एअरलाइन्सका यात्रुले पाउने विशेष छुटका अलावा प्रत्येक हप्ता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक पन्ध्र दिनमा क्रोकोडाइल क्याविन लगेज उपहार स्वरुप जित्न सक्नेछन् । यती एअरलाइन्सले आफ्ना यात्रुहरु बीच गर्ने लक्कि ड्रमार्फत विजेता घोषणा गरी उपहारहरु प्रदान गरिने बताइएको छ ।