१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीको हुटहुटी, उर्जा र उत्साह कहिल्यै नरोकियोस्

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-कृष्ण केसी

केही दिन अघिको एउटा कार्यक्रमका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको थियो ‘मलाई एउटा रोटी, थोरै दाल वा तरकारी भए पुग्छ !’

एकबर्ष अघि म बालकोट पुग्दा उहाँले त्यस्तै खाना खाँदै वरिपरी ७/८ जनासँग गफ गरिरहनु भएको थियो । उहाँको त्यो भनाईले एक बर्ष अघिको त्यो उहाँले खाना खाएको झल्को आयो । सायद बषौंदेखि उहाँले एक्लै खाना खाने अवसर पनि पाउनु भएको छैन होला । अहिले धेरैको एउटै प्रश्न हुन्छ ‘कसरी खट्न सक्नु भएको होला !’ उहाँसँग भएको हुटहुटी, उर्जा र उत्साहले कहिल्यै नथाक्नेगरी खटिरहनु भएको छ ।

‘सुखी नेपाली र समृद्ध नेपाल’ का परिकल्पनाकार केपी शर्मा ओली कसरी खटिरहनुभएको छ भन्ने घाम जस्तै छर्लङ्ग छ । उहाँको परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अहिले मुलुककै साझा लक्ष्य बनिसकेको छ ।

आफ्नो स्वास्थ्यको पनि ख्याल नगरी जसरी खटिरहनु भएको छ, त्यो खटाई चानचुने खटाई होइन, आफ्नो सम्पूर्ण जीवन र सम्पत्ति राष्ट्रको नाममा समर्पण गर्नुभएका ‘सुखी नेपाली र समृद्ध नेपाल’ का परिकल्पनाकार केपी शर्मा ओली कसरी खटिरहनुभएको छ भन्ने घाम जस्तै छर्लङ्ग छ । उहाँले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अहिले मुलुककै साझा लक्ष्य बनिसकेको छ । उहाँको सार्वजनिक खटाइबाट लाग्यो- ‘यो सब पार्टी, देश र जनताकै लागि हो भन्ने मेरो निष्कर्ष हो । उहाँको दौडधुप, खटाइ र त्याग हेर्दा यस्तो लाग्छ कि उहाँको उमेर युवा जवानीमै छ ।’

उहाँको ७४ बर्षे जीवन सर्घषमय यात्रा जारी छ । निरङ्कुश शासन सत्ताले टाउकोमाथि हरेक क्षण मृत्युदण्डको तरबार झुण्ड्याएको एक बन्दी हुँदा होस् वा मुलुकको कार्यकारी प्रमुखका रुपमा सिंहदरबारमा आसीन हुँदा– ती दुबै ठाउँमा उहाँ एउटै उद्देश्यमा समर्पित हुनुभयो । दैनिक १८/१९ घण्टा भन्दा बढी खटिरहनु भएको छ । केही समय अघिको भेटमा उहाँले भन्नु भएको थियो – ‘हरेक दिन राति ३ बजेसम्म भेटघाट गर्छु । एक घण्टा पढेर सुत्छु !’ उहाँको कामको चापले विहान ढिलोसम्म सुत्ने छुट पनि छैन । त्यो जागर र जोश ‘समृद्ध नेपाल, सुखी नेपाली’ कै अभियान सफल पार्ने यात्रामा छ ।

शक्तिसामु नझुक्ने, सत्यसँग नलडने दृढ मान्यतामा रहनु हुने प्रधानमन्त्री ओली काममा सवैभन्दा अब्बल देखिनु हुन्छ । उहाँले खुट्टा कमाएको भए यो संभव थिएन । उहाँको इच्छा शक्ति र बिकाशको चाहनालाई पूरा गर्ने प्रतिबद्धतालाई जनताको अपार मायाले साथ दिएको छ ।

प्रधानमन्त्री ओलीले दोस्रो उपहारमा पाएको जीवन देश र जनताको लागि समर्पित छ । रातदिन नभनी समृद्धिको अभियानमा नेतृत्व गर्नुभएको छ । जति मान्छेहरु भेटिन्छन, सबैसँग मिठो मुस्कानसहित बोल्नु हुन्छ, उचित सल्लाह दिनुहुन्छ । हसाउनु हुन्छ । सबैलाई आफ्नै घरपरिवारको सन्तान जसरी माया दिनुहुन्छ । मुहार सधै हँसिलो पारेर भेट्ने हुन वा कार्यक्रममा भेटिएका हुन सबैलाई अभिभावकत्व प्रदान गर्नुहुन्छ ।

विगतमा एमालेमाथि लागेको धेरै आरोप गलत हुन भनेर उहाँको नेतृत्वमा प्रमाणित भइसकेको छ । २०७९ मा सबै मिल्दा पनि एमालेलाई मतका हिसाबले पहिलो पार्टी बनाउने श्रेय उहाँलाई जान्छ । शक्तिसामु नझुक्ने, सत्यसँग नलडने दृढ मान्यतामा रहनुहुने प्रधानमन्त्री ओली काममा सवैभन्दा अब्बल देखिनुहुन्छ । उहाँले खुट्टा कमाएको भए यो सम्भव थिएन । उहाँको इच्छा शक्ति र विकासको चाहनालाई पूरा गर्ने प्रतिबद्धतालाई जनताको अपार मायाले साथ दिएको छ ।

आजभोलि स्टण्ट मात्रै गर्ने काम नगर्नेहरुको जमात राजनीतिक नेतामा बढी छ । जिम्मेवारी आउँदा काम नगर्ने अनि बाहिर हुँदा कुरा मात्र चर्का गर्नेहरुले राजनीतिको व्यापार गरिहेका छन् । केपी शर्मा ओलीसँग गहन अध्ययन गर्ने र विषयवस्तुलाई नजिकबाट बुझ्ने एउटा असाधारण क्षमता छ । उहाँले आफू प्रधानमन्त्री हुँदा होस् वा गृहमन्त्री हुँदा नै किन नहोस ? काम गरेर आफूलाई सबैभन्दा अब्बल प्रमाणित गसिक्नु भएको छ । संविधान निर्माणमा उहाँको भूमिका अतुलनीय छ । भारतीय नाकाबन्दीविरुद्ध उहाँले डटेर सामाना गरेको कुरा अहिले पनि सबैले स्मरण गरिहन्छन् । लिपु लेक, कालापानी र लिम्पीयाधुराको चुच्चे नक्सा नेपालको नक्सामा समेट्ने होस् वा चीनसँगको पारवहन सन्धि दुबै कम चुनौती पूर्ण थिएन । त्यो उहाँले सम्भव तुल्याईदिनुभयो ।

विगतमा ओली नेतृत्वको नेकपाको सरकारले गरेका काम अहिले पनि धमाधम सम्पन्न हुँदैछन् । कतिपय स्वघोषित बुद्धिजिविले ओलीलाई सपना मात्र देख्ने काम नगर्ने भनेको पाउँछु । जब कुनै नेताले देश बनाउने सपना देख्दैन त्यसले काम पनि गर्दैन ।

वर्तमान समसामयिक राजनीतिमा साँच्चै लिडर केपी शर्मा ओली मात्र हो । ओलीलाई आफ्ना पार्टीकाले मात्र होइन, विपक्षी दलका कार्यकर्ता वा शुभेच्छुकले जति चर्को स्वरमा बिरोध गरे पनि उनीहरुले भित्रभित्रै मात्र होइन, चियागफमा भनिरहेका हुन्छन्- ‘नेता भनेको त केपी शर्मा ओली जस्तो हुनुपर्छ ।’

विगतमा ओली नेतृत्वको नेकपाको सरकारले गरेका काम अहिले पनि धमाधम सम्पन्न हुँदैछन् । कतिपय स्वघोषित बुद्धिजिविले ओलीलाई सपना मात्र देख्ने काम नगर्ने भनेको पाउँछु । जब कुनै नेताले देश बनाउने सपना देख्दैन त्यसले काम पनि गर्दैन । ओलीले सपना नदेखेको भए काठमाडौं बाहिर बनेका अन्तर्राष्ट्रिय विमानस्थल कति सकिए, कति सकिने तयारीमा छन, देशभर सडक चौडा पार्ने काम, सुरुङ मार्ग कति सकिए कति सकिँदै छन् । सबै पालिकामा अस्पताल बनाउने लगायत दर्जनौं काम मात्र भएका थिए अब धमाधम पूरा हुँदैछन् ।

राजनीति मोलमोलाईको खेल बनिरहँदा वा बनाईरहँदा अहिले परिवर्तनका लागि सँगै लडेका प्रमुख दल नेपाली कांग्रेस र एमाले मिल्दा वार्गेनिङ गर्नेको पसल बन्द भएको छ । प्रमुख पार्टीहरु जति पानी बारबार भएपनि आवश्यक पर्दा मिल्छ सक्छन्, अहिलेको सहयात्राले त्यही पुष्टि गर्छ । अहिलेको कांग्रेस–एमालेको गठबन्धनले राजनीतिको नाममा खुद्र पसल चलाउनेलाई गतिलो झापड दिएको छ । फेरी एक पटक पुष्टि भएको छ कि आवश्यक पर्दा ओली साथ लिएर, नेतृत्व गरेर वा नेतृत्व स्वीकार गरेर जान पनि तयार हुन्छन् ।

स्थीरता र सुशासन कायम गर्दै वैदेशिक सम्बन्धमा थप सुधार गरी जुन सरकार आएपनि उस्तै हो भन्ने आम नागरिकमा फरकपन देखाउनु जरुरी छ । नागरिकमा ऊर्जा र उत्साह थप्नुपर्छ ।

मिल्नु, मिलाउनु वा सरकार बन्नु वा बनाउनु संसदमा गणितीय खेल पनि हो । यसमा सफल हुनु प्राविधिक कुरा पनि हो । यो गणितीय खेलसँगै सरकारका काँधमा धेरै जिम्मेवारी छन् । पहिलो कुरा देश जुन आर्थिक संकटमा फसेको छ त्यसलाई उकास्नु जरुरी छ । स्थीरता र सुशासन कायम गर्दै वैदेशिक सम्बन्धमा थप सुधार गरी जुन सरकार आएपनि उस्तै हो भन्ने आम नागरिकमा फरकपन देखाउनु जरुरी छ । नागरिकमा ऊर्जा र उत्साह थप्नुपर्छ । यो ऐतिहासिक अवसरमलाई कुनै हालतमा पनि चुक्न नदिनु गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसको प्रमुख दायित्व हो । अब विगतबाट पाठ सिक्नै पर्छ ।

वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा केही हरियो संकेत देखिएको छ । विकास, निर्माणले गति लिएको छ । आम नागरिकका काम गर्न समय सिमा तोकेर सुशासन दिने प्रयास गरिएको छ । सत्तामा हुँदा सबै राम्रो देख्नेहरुले अहिले सत्ताबाट झर्ने वित्तिकै वर्तमान सरकारप्रति चौतर्फी घेराबन्दी गर्न खोजेका छन् जुन आम नागरिकले राम्रोसँग बुझेका छन् । देश र नागरिकलाई मात्र होइन एमालेलाई अझै बषौंसम्म तपाईको नेतृत्व खाँचो रहेको समयले प्रमाणित गरिसकेको छ । तपाईलाई सुस्वास्थ्य र दीर्घ जीवनको कामनासहित ७४ औं जन्मदिनको शुभकामना !