
काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा कानून अनुसार नै केबलकार बनाउन दिइएको कुरा बिर्सन नहुने बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको र त्यस आधारमा नै काम अगाडि बढाएको बताएका हुन् ।
विरोधको पनि सीमा हुने उल्लेख गर्दै उनले सभ्य र शान्तिपूर्ण ढंगले विरोध गर्नुपर्ने धारणा राखे ।
“नेपालको ऐन–कानुनको व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मा कुनै निजी क्षेत्रलाई दिएको बिर्सन हुँदैन । त्यसकै आधारमा निर्माण कार्य अघि बढाएको हो,” उनले भने, “विरोधका सीमा हुन्छन् । सभ्य र शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्छ ।”








प्रतिक्रिया