११ श्रावण २०८३, सोमबार

प्यूठानमा दम्पती हत्या प्रकरण : रक्ताम्य घन बारीमा भेटियो

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, ११ फागुन । प्यूठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ ।

घरको बारीमा रगत लत्पतिएको घन भेटिएसँगै घनले हानेर हत्या भएको पुष्टि भएको हो ।

शनिवार दिउँसो प्युठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार घरमै मृत फेला परेका थिए।

दम्पतीका चारजना छोराहरू भारतमा रहेकाले उनीहरू आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ ।