
काठमाडौं, ११ फागुन । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला १ हजार ७० हजारमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य भने आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया