५ असार २०८३, शुक्रबार

केबलकार विवाद : ताप्लेजुङको फुङलिङ र काफ्लेपार्टीमा निषेधाज्ञा जारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ११ फागुन । केबलकारसम्बन्धी विवाद बढेपछि ताप्लेजुङ प्रशासनले सदरमुकाम फुङलिङ र काफ्लेपार्टी क्षेत्रमा आजदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

ताप्लेजुङमा केबलकार निर्माण गरिनु पर्छ भन्नेहरू र केबलकार बन्न हुँदैन भन्नेहरूका बीचमा दिनहुँ प्रदर्शन भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी भएका स्थानमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन । निषेधाज्ञा जारी भएको स्थानमा जुलुस धर्ना र सभा समेत गर्न रोक लगाइएको छ ।