१० असार २०८३, बुधबार

फुङलिङ तनावग्रस्त, ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङलिङ, १० फागुन । ताप्लेजुङको सदरमुकाम फुङलिङ तनावग्रस्त बनेको छ ।

‘नो केबलकार समूह’ र प्रहरीबीच पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो । बजार क्षेत्रमा आगोको मुस्लो बोकेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

अहिलेसम्म प्रहरीतर्फ आधा दर्जन हाराहारी र प्रदर्शनकारीतर्फ कयौँ घाइते भएका बताइएको छ ।

पाथिभराबाट बजार आएका प्रदर्शनकारीहरुले कोणसभा गर्ने क्रममा अराजक प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गर्ने क्रममा झडप भएको बताइएको छ ।