
काठमाडौं, ९ फागुन । यही फागुन १४ गते बुधबार पर्न गएको महाशिवरात्रि २०८१ को अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ ।
महाशिवरात्रिमा चन्द्रागिरीस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।
महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ । साथै, साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ ।
चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।









प्रतिक्रिया