३० आश्विन २०८३, शुक्रबार

चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टनमा प्रदर्शन हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६ः०० बजे प्रदर्शन हुने भएको छ।

दार्जीलिङमा छायांकन गरिएको चलचित्र ‘उफ यो मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्ममा नेपाल बाहिर बस्ने नेपालीहरुको माया प्रेमको कथा समेटिएको छ । चलचित्रलाई पहिलो पटक अमेरिकाबाट प्रदर्शन सुरु गरिएको निर्माता शाहले जानकारी गराइन् । ‘हामी यो चलचित्रलाई अमेरिकाबाट प्रदर्शन सुरु गर्नेछौ त्यसपछि नेपाललगायत विश्वभर प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ अनुले भनिन् । बोस्टनपछि अमेरिकाको विभिन्न मुख्य शहरहरुमा चलचित्र प्रदर्शनको तयारीमा रहेको छ।

अनुराधा फिल्मस् इन्टरनेशनलको निर्माण रहेको यो चलचित्रलाई निर्देशक सुरज चन्दले निर्देशन गरेका हुन् । चलचित्रमा नायक एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समिता गिरी, दीपक क्षेत्री, पुकार गुरुङलगायतका कलाकारको अभिनय छ ।

विगत लामो समयदेखि चलचित्र वितरण गर्दै आएका चलचित्रप्रेमी, वितरक तथा लोकप्रिय डिजे मुकुन्द पोखरेलले बोस्टनमा चलचित्र प्रदर्शनको व्यवस्थापन गरेका छन् ।