१९ असार २०८३, शुक्रबार

नयाँ पोलिसी आएपछि दुरसञ्चार फेरिन्छ : सञ्चारमन्त्री गुरुङ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ पोलिसी निर्माण मार्फत दुरसञ्चारको रुपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताएका छन् ।

काठमाडौंमा आज टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेशन्स इनसाइट्स अन पोलीसि एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्रालयले यो वर्ष भित्र दुरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याइ छाड्ने बताएका हुन् । “मैले यो वर्ष जसरी पनि दुरसञ्चार सम्बन्धी नयाँ वियेक मस्यौदा गर्छु र सदनमा पुर्‍याउँछु,” उनले भने,“नीति र ऐन परिमार्जन नगरि दुरसञ्चारको कार्यशैलीमा रुपान्तरण ल्याउन कठिन छ ।”

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नीति परिमार्जन सँगै दुरसञ्चारको गति प्रभावकारी बनाउन टेक्नोलोजी जेनेरेसन समेत पच्छ्याउनु पर्ने बताए । उनले फो जी लाई देशभर पुर्‍याउने र फाइभ जीको सुरुवात गर्ने मन्त्रालयको प्रतिबद्धता रहेको जानकारी दिए । अबको पुस्ता प्रविधिको गति सँगै हिडेन भने विकासको दृष्टिले पछि पर्ने धारणा राख्दै मन्त्री गुरुङले डिजीटल विकासमा मन्त्रालयका गतिविधि केन्द्रीत हुने विश्वास व्यक्त गरे । “सेकेन्ड सेकेन्डमा प्रविधिको विकास बढ्दैछ”, उनले भने,“यो गति पच्छ्याउन सकिएन भने हामी डिजीटिल विकासका हिसाबले पछि परिन्छ ।”

सरकारको प्रतिबद्धता अनुसार प्रत्येक घर घर मा टेलिफोन र इन्टरनेट नेटवर्क पुर्याउने हो तर, यसका लागि प्रयाप्त अभ्यास गर्न र नीतिगत सुधार गर्न तर्फ लाग्न जरुरी रहेको मन्त्री गुरुङको जोड छ । मन्त्री गुरुङले दुरसञ्चार प्राधिकरण ऐन सँगै यसको छुट्टै पोलिसि समेत निर्माण गर्न आवश्यक रहेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै सञ्चार सचिव राधिका अर्यालले दुरसञ्चार ऐन र नियमावली परिमार्जन गर्ने आवश्यक महसुस गरिएको धारणा राखे । टेलिकम सर्विसलाई परिमार्जन गरेर इनोभेटिवस सर्भिस अपनाउदा प्रभावकारी हुने धारणा राख्दै सचिव अर्यालले दुरसञ्चार सुध्रिण गर्न सरकार सधै तत्पर रहेको बताए ।