
काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया