
काठमाडौं, ८ फागुन । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१ : २०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१ : २०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१ : २०१८ प्रमाणपत्र प्राप्त गरेको हो ।
टीयूभी नर्ड क्रेड जीएमबीएचद्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले जनाएको छ । यी प्रमाणपत्रहरूले देकोरेतिभ पेन्टहरू, वातर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीको भनाइ छ ।
बर्जर नेपालका कन्ट्री मेनेजरले भने, ‘हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व गर्दछौँ । यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन् ।’ यी प्रमाणपत्रहरूसँगै बर्जरले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागि समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनः पुष्टि गर्न सफल भएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया