३० आश्विन २०८३, शुक्रबार

बिक्री सञ्जाल मजबुत बनाउँदै टीभीएस, जनकपुरमा नयाँ शोरूम सञ्चालन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ ।

अत्याधुनिक सुविधा सम्पन्न यो शोरुम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । प्रदेश २ का मुख्यमन्त्री सतिश कुमार सिंहले यस्तो व्यवसायिक विस्तारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न निकै महत्त्वपूर्ण योगदान दिने बताए ।

कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोको पनि उपस्थिति रहेको थियो ।

“टीभीएस, नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरु प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो,” उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले भने, “सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमा उपलब्ध गराउनेछ, जसले स्थानीय यातायातको सुविधा सुधार गर्नेछ भन्ने मेरो विश्वास छ ।”

ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरसिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता ब्यक्त गरेको छ ।

“टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले प्रदेश २ मा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु¥याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

त्यस्तै, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोले भने, “हामी जनकपुरका ग्राहकहरूलाई टीभीएसका अत्याधुनिक उत्पादन र सेवाहरू उपलब्ध गराउन निकै उत्साहित छौँँ । हाम्रो प्रमुख उद्देश्य भन्नु नै आदर्णिय ग्राहक बर्ग माझ सर्वोत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । यसका लागि भरपर्दो सेवा र विश्वासनिय स्पेयर पाट्र्सको सुनिश्चितता प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”

टीभीएस ब्रान्ड नेपालका दुईपांग्रे सवारी साधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ । नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।