५ असार २०८३, शुक्रबार

प्रकृति मृत्यु प्रकरण : ओडिसाका शिक्षामन्त्रीसँग परराष्ट्रमन्त्रीले गरिन् कुराकानी

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसाको उच्च शिक्षामन्त्री (हायर एजुकेशन मिनिस्टर) सूर्यवंशी सुरजसँग कुराकानी गरेकी छिन् ।

उनले नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन् । ओडिसाका शिक्षामन्त्री सुरजलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री राणाले बुधबार नेपाली छात्रा प्रकृतिको हत्या प्रकरण निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेकी हुन् ।

उनले मन्त्री सुरजसँग ओडिसाको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि पनि आग्रह गरेकी छन् ।