
काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का उपमहासचिव समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले एमालेभित्रसंकीर्ण र दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजितप्रेस चौतारी नेपालएशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनमाबोल्दै उनले एमालेकोआफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउननचाहने, ल्याउँदाखेरी पनिजिम्मेवारी यथोचितनदिने, पूर्वाग्रह राखिराख्ने जस्तो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको बताए ।
उनले भने,‘हाम्रोभित्रको अर्को रोग भनेको दक्षिणपन्थी अवसरवादहो । अहिले हाम्रो पार्टीमा एउटा विचार छ, त्यो संकीर्ण विचार हो, त्यो पनि दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार हो । त्यो के भन्दा, होईन अरु पार्टीका मान्छेहरुलाई किनल्याउने ?हामी सबैभन्दा राम्रो पार्टी, कांग्रेसलाई ल्यायो भने त्यसले पार्टीलाई खत्तम पार्छ, राप्रपा त झनल्याउनै हुँदैन, माओवादीलाई किनल्याउने ?यतिधेरै भ्रष्ट भइसकेको छअहिले । आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउननचाहने, ल्याउँदाखेरी पनिजिम्मेवारी यथोचितनदिने, अहिलेपनिहेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ ।’
त्यस्तै, उनले चुनावमाआफूले टिकट पाएनभने आफ्नो पार्टीको उम्मेदवारलाई नै हराउनलागि पर्ने प्रवृत्तिपार्टीभित्र छ्याप्छ्याप्ती भेटिने पनिउनले बताए । आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसकेएमालेकोहार निश्चित रहेको उनको भनाई छ ।
उनले भने,‘चुनावमाआफूले टिकट पाएनभने आफ्नो पार्टीको उम्मेदवारलाई हराउनलाग्ने अहिले हाम्रो पार्टीभित्र छ्याप्छ्याप्ती पाइन्छ । हुलमा हिँड्यो भने त्यस्ता अराजक मान्छेहरु धेरै ठोकिन्छन् । संगठनभित्र यस्तो भएपछि चुनाव जितिन्छ ?आजको हाम्रो सबैभन्दा ठूलो लडाइँ त चुनावहो । जनताले गरेको विश्वासलाई हामीले सुरक्षित राख्न सकेनौं भने वाहाम्रो आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न सकेनौं भने हाम्रो हार निश्चित छ ।’








प्रतिक्रिया