१० असार २०८३, बुधबार

प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्न आवश्यक : सभापति देउवा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले धेरै साथीहरुको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यो व्यवस्था ल्याउन लडेकाहरुको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘धेरै साथीहरुको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ । यो व्यवस्था ल्याउन लडेकाहरुको भावनाहरुलाई अझ अगाडि बढाउनु छ । यसको लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’

यसको साथै, उनले वर्तमान संविधान सम्पूर्ण नेपालीहरु अटाउने खालको भएको भन्दै यसमा केही कमीकमजोरी भए भोलीका दिनमा सुधार गर्दै जाने बताए ।

उनले भने, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ । नेपाल जुन नयाँ संविधान बनेको छ । यसमा सम्पूर्ण नेपालीहरु अटाउने खालको छ । यसमा केही कमीकमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै जानु पर्छ । त्यसैले यो हाम्रो संविधान लचिलो र संशोधन हुन सक्ने संविधान हो ।’

सोही क्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले ०७ सालको क्रान्तिले सुरु गरेको सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको राष्ट्रिय अभियान खण्डित भएको भन्दै आज समस्याहरुको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको राजनीतिमा पछिल्लो समय जो छौं सबैले अघिल्लो पुस्ताले गरेको योगदानलाई हृदयमा राखेर त्यो अनुभवलाई लिएर आफूलाई दिक्षित गरेर आगामी दिनमा काङ्ग्रेस, समाज र देशको लागि आफूलाई तयार गर्नुपर्छ । ०७ सालको क्रान्तिले सुरु गरेको जुन राष्ट्रिय अभियान थियो, सामाजिक रुपान्तरणको, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको त्यो खण्डित भएपछि आज समस्याहरुको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको छ ।’