१९ असार २०८३, शुक्रबार

केआईआईटीबाट निकालिएका एकसय जना बढी विद्यार्थी नेपाल आइपुगे

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि निकालिएका एकसय जना बढी विद्यार्थी नेपाल आइपुगेका छन् ।

९६ जना विद्यार्थीहरू रक्सौल नाकाबाट नेपाल आइपुगेका हुन् । प्रहरीले उनीहरूलाई घरघरसम्म लैजाने व्यवस्था मिलाएको बताइएको छ ।

यस्तै काँकडभिट्टा नाका र विराटनगरबाट पनि पाँचजना विद्यार्थी नेपाल आएका जानकारी दिइएको छ ।