१७ असार २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : मौनता तोड्दै पूर्वराजाले खोजे साथ, प्रकृति मृत्यु प्रकरणले कूटनीतिमाथि नै प्रश्न !

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चरम असन्तुष्टि प्रकट गरेका छन् । राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने आफूहरुलाई साथ दिन सबै देशवासीलाई उनको अपिल छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ मन्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो अपिल गरेका हुन् । राष्ट्रको हितका लागि आफूले त्याग गरेको, तर यो त्यागलाई कमजोरी नसम्झिन उनले सुझाव दिएका छन् ।

‘राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन’, पूर्वराजाले भनेका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–