
काठमाडौं, ६ फागुन । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भोलि बुधबार नेपाल ल्याइने भएको छ ।
भोलि बिहान बिहान ७ बजेको जहाजबाट उनको शव नेपाल ल्याउन लागिएको हो ।
प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।








प्रतिक्रिया