५ असार २०८३, शुक्रबार

नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्स्काभेटर लन्च गर्दै एमएडब्लू अर्थमुभर्स

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्स्काभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटरहरू लन्च गर्ने भएको छ ।

ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरूसहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने कम्पनीले जनाएको छ ।

कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहनेछ भने प्रदर्शनी पश्चात् जेसीबी एक्स्काभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहनेछ ।

‘लिडर इन एक्स्काभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबी को प्रतिबद्धतामा प्रकाश पार्नेछ ।

जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ । यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ ।