१५ असार २०८३, सोमबार

अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) ले सरकारले ल्याएका अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ। संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ, अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन्,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ। त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।’