१५ असार २०८३, सोमबार

प्रकृति लम्सालको न्यायको लागि तत्काल उच्चस्तरीय राजनीतिक संवाद गर्न माग

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेकपा (माओवादी) का सांसद माधव सापकोटाले भारतमा मृत भेटिएकी प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, उच्चस्तरीय राजनीतिक संवाद यथाशीघ्र थालनी गरेर समस्याको समाधान गर्न माग गरेका हुन् ।

उनले भने,‘सरकारको तीव्र पहल कदमीको लागि माग गर्न चाहन्छु र मृत प्रकृति लम्साल र उनका परवारलाई न्याय दिन सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद यथाशीघ्र थालनी गरेर समस्याको समाधान गर्न जोडदार माग गर्छु ।’

त्यस्तै उनले, नेपाली छात्रा लम्सालको भारतमा भएको रहस्यपूर्ण मृत्युको विरोधमा नेपाली विद्यार्थीहरु उत्रिदा नेपालको कुटनीतिक सम्बन्ध राम्रो नहुँदा अपमानजनक व्यवहार भएकोमा आपत्ति जनाए ।

उनले भने,‘भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्यु भयो । त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गरेर विरोध गर्नुभयो । त्यहाँ अपमानजनक काम गरियो अमानविय क्रियाकलाप गरियो र सिङ्गो नेपालमाथि धावा बोलियो । तर सरकारको कुटनीति असक्षमका कारण त्यहाँ असुरक्षित र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नु परिरहेको छ ।’