२४ जेष्ठ २०८३, आइतबार

वडासचिव कुटपिट प्रकरण : राप्ती गाउँपालिकाका वडा सचिवहरुद्वारा पेन डाउन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ६ फागुन । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसालमाथि भएको कुटपिटको विरोधमा दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन् ।

वडासचिवहरूले घटनामा विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्दै पेनडाउन गरेका हुन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिले कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका थिए ।

यस्तै, रुपन्देहीको रोहीणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि आक्रमण भएकोमा पनि वडासचिवहरूले विरोध गरेका छन् ।