१० श्रावण २०८३, आइतबार

बूढानीलकण्ठमा प्रहरीको छापा, २४ जना भारतीय पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले छापा मारेको छ ।

अनलाइन जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । छापा मारेर प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ ।

उनीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरूको साथबाट २१ थान मोबाइल र ३८ थान ल्यापटप पनि बरामद गरेको हो ।