
काठमाडौं, ६ फागुन । मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको थियो भने आज सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको हो ।








प्रतिक्रिया