
काठमाडौं, ६ फागुन । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा दुईजना सुरक्षा गार्ड पनि बर्खास्त भएका छन् ।
कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि कुटपिट गर्ने दुईजना गार्डलाई बर्खास्त गरेको हो भने ३ कर्मचारीलाई निलम्बन गरेको छ।
यस्तै दुई जना वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइएको हो ।









प्रतिक्रिया