२४ असार २०८३, बुधबार

प्रचण्ड लक्षित प्रधानमन्त्रीको टिप्पणी- देशकै लुटेराले फाइल खोल्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गरे

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशकै सबैभन्दा ठूला लुटेरा भएको टिप्पणी गरेका छन् ।

एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । देशका सबैभन्दा ठुला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन्। प्रधानमन्त्री ओलीले भने, भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन्। म पनि प्रधानमन्त्री छु। मसँग त छैन।’

देश अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दावी गर्दै प्रधानमन्त्री ओलीले अर्थमन्त्र एमालेले बनाउने दाबी गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नभयो, विदेशी इशारामा काम गर्ने किनारा लाग्छन् ।’