२९ जेष्ठ २०८३, शुक्रबार

रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ५ फागुन । बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्वा दर्ता भएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सर्लाहीमा मुद्वा दायर गरेको हो । बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ। बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोप छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बम्जनलाई २०८० सालको पुसमा पक्राउ गरेको थियो । पक्राउ गर्ने क्रममा प्रहरीले उनको घरबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँ पनि बरामद भएको थियो ।