२९ जेष्ठ २०८३, शुक्रबार

प्रकृती लम्सालको न्यायको माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो ।
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृती लम्साल रहेको बताइएको छ ।

सोही क्रममा अनेरास्ववियूका अध्यक्ष समिक बडालले प्रकृती लम्सालको हत्या भएको भनेर हत्यारालाई कारबाहीको अपिल गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले निकाला गरेको भन्दै यस्तो कार्यको विरुद्ध आन्दोलनमा उत्रिएको बताए ।

उनले भने, ‘नेपाली विद्यार्थीले सुरक्षित रुपमा आफ्नो पढाई गर्न पाउनु पर्छ । प्रकृती लम्साल जसको हत्या भएको भनेर नेपाली विद्यार्थीहरुले त्यहाँ कलेज प्रशासनलाई हत्यारालाई कारबाही गर्नको लागि अपिल गर्दै गर्दा नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले निकाला गरेको कुरा आएको छ । यस्तै गर्ने हो भने हामी पनि हातमा दही जमाएर बस्दैनौ भनेर जानकारी गराउनको लागि हामी यहाँ आएका छौ ।’

यसको साथै, उनले विश्वभर रहेका नेपालीहरुको साथ र सहयोग भारतमा रहेको त्यो प्रकृती लम्साललाई न्यायदिने आन्दोलनप्रति छ भन्ने संकेत दिनको लागि पनि दूतावास अगाडि आएको बताए ।