२८ असार २०८३, आइतबार

नेपाल प्रहरी विधेयक संसदमा पेस

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नेपाल प्रहरी विधेयक पेस गरेका छन् । लेखकले नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सोमबारको बैठकमा पेस गरेका हुन् ।

सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा उनले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

यसरी लेखकले असम्बन्धित विधेयक पेस गरेपछि संसदमा केहीबेर सांसदहरूबिच खासखुस चल्यो तर सभामुखले यसबारे भेउ पाएनन् भने उनले सैद्धान्तिक छलफल अघि बढाए ।

तर, सांसद रामहरि खतिवडाले विधेयक फरक परेको बताए । गृहमन्त्रीले नागरिकता विधेयक भनेपनि त्यसलाई प्रहरी विधेयकको रूपमा अघि बढाउन आग्रह गरे ।