५ श्रावण २०८३, मंगलबार

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा प्रज्ज्वलनशील पदार्थ भरिएको बेलुन बिस्फोट हुँदा अर्थमन्त्री पौडेल र महानगरपालिकाका मेयर धनराज आचार्य जलनमा परेर घाइते भएका थिए ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल भने आज डिस्चार्ज भएका हुन । मेयर आचार्य भने उपचारत नै छन् । मेयरको अनुहार, गर्धन, घाँटी र गालाको भागमा जलन भएको थियो।

मेयर आचार्यलाई अझै केही दिन अस्पताल मै राखिने बताइएको छ ।