२५ जेष्ठ २०८३, सोमबार

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए)को उद्घटनसँगै नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने प्रयासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । एनसीसीएको आधिकारिक घोषणा स्टेक होल्डरलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने, र देशभरि क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम हो ।

यो एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेशन, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर र वल्र्ड चाइल्ड क्यान्सर यूकेलाई एकत्रित गर्दै बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउने कार्य गर्नेछ ।

एनसीसीएको उद्घटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरिप्रसाद मैनाली, विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथाअन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागिता थियो ।

एलायन्सको मुख्य उद्देश्य उपचार बाहेकका आवश्यक सहयोग प्रदान गर्नु हो जस्तै प्रारम्भिक पहिचान, आर्थिक तथा मानसिक सहयोग, र उपचारपछिको पुनःस्थापना कार्यक्रमहरू सुनिश्चित गर्नु हो ।

कार्यक्रमको एक विशेष प्यानल छलफलमा डा. विश्वनाथ अधिकारी (कान्तिबाल अस्पताल), डा. ऋतु लामिछाने (भक्तपुर क्यान्सर अस्पताल), डा. सुचरिता तुलाधर (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. कृष्ण सागर शर्मा (वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) र डा. सानी सिपाइ (कान्तिबाल अस्पताल)लगायत सहभागि थिए ।