
काठमाडौं, ४ फागुन । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरमा शेयर निष्काशन गर्नका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौतामा आइतबार निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र पाएको थियो भने २०८० चैत १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको छ ।








प्रतिक्रिया