२९ असार २०८३, सोमबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।