
पोखरा, ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ । दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।
अर्थमन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । अर्थमन्त्री पौडेलको स्वास्थ्यमा केही असर परेको र आजै काठमाडौं आउने उनको सचिवालयले जनाएको छ ।









प्रतिक्रिया