३० आश्विन २०८३, शुक्रबार

भोजपुरी गीतमा बले र शिल्पा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिवास, ३ फागुन । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । गीतमा सागर लम्साल (बले) र शिल्पा पोखरेलले आकर्षक अभिनय प्रस्तुत गरेका छन् ।

गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ भने शब्द र संगीत पनि रुद्रसेनकै रहेको छ । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा गरेको हो ।

निरकुमारी विश्वकर्मा ‘सविना’को निर्माणमा तयार भएको यो गीतलाई प्रमोद (भारत)ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको प्रस्तुति समावेश गरिएको छ ।

रुद्रसेन क्रिएसन प्रालिको प्रस्तुति रहेको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरिएको गीतले प्रेमीप्रेमिकाहरूको मन जित्ने अपेक्षा गरिएको छ ।