
काठमाडौं, २ फागुन । भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो इभी २०२५को बुकिङको साथै डेलिभरी सुरु गरेको छ । उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो इभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७.४९ लाखमा नेपालमा आएको छ ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खाँडेलवाल भन्छन्, ‘नेपालमा हाम्रा विद्युतीय सवारीसाधनहरूको भव्य सफलताले हामीलाई नयाँ २०२५ टियागो इभि प्रस्तुत गर्न उत्प्रेरित गरेको हो । टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ । त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो इभीले आफ्नो विरासत कायम राख्दै विगत झैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्युतीय ह्याचब्याक बनिरहने छ।’
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘टियागो इभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको छ । यसमा सबैभन्दा सुरक्षित, सरल, एवं आरामदायी ढंगले नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सक्ने हुनाले यो सफलता सम्भव भएको हो । यसको नँया मोडेल २०२५ टियागो इभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ । हामीलाई पूर्ण विश्वास्त छ कि यसले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको माया र विश्वास जित्नेछ ।’
कम्पनीका अनुसार नयाँ टियागो इभी २०२५ मोडलमा ग्राहकहरुले २६.०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमलगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्नेछन् । सुरक्षाको दृष्टिकोणले दुईवटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन् ।
टियागो इभीमा आइपी६७ रेटेड ब्याट्री प्याक समावेश गरिएको छ । जस कारणले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ । साथै, कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।








प्रतिक्रिया