७ असार २०८३, आइतबार

अलिपे प्लसबाट स्मार्ट क्युआरमा भुक्तानी गर्नलाई स्मार्टच्वाईस र एनसीएचएलबीच सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था (एनसीएचएल) बीच अलिपे प्लसमार्फत स्मार्ट क्युआरका मार्चेन्टहरूलाई भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

अलिपे प्लसले चीन, फिलिपिन्स, मलेशिया, दक्षिण कोरिया, थाइल्याण्ड, इण्डोनेशियाललगायतका राष्ट्रका ई–वालेट र मोबाइल बैंकिङमार्फत अन्तरदेशीय भुक्तानी सेवा दिँदै आएको छ ।

यस सम्झौता पश्चात अलिपेका १.६ बिलियनभन्दा धेरै प्रयोगकर्ताहरूले स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउनेछन् । क्युआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्युआर स्टान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड हो ।

देश तथा विदेशका ग्राहकहरूलाई मध्यनजर गरेर गरिएको यस सम्झौतापछि स्मार्ट क्युआरका मर्चेन्टहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्न झनै सहज हुने विश्वास रहेको छ ।