११ असार २०८३, बिहिबार

प्रतिबन्ध लगाउनेले नै सामाजिक सञ्जाल विधेयकको विरोध गरिरहेका छन् : सूर्य थापा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, १ फागुन । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सामाजिक सञ्जालको नियमन गरिनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको आठौँ अधिवेशनलाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालमाथि प्रतिबन्ध र नियन्त्रण नगरिने तर, नियमन गरिने बताएका हुन् ।

विगतमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएकाहरूले नै अहिले नियमनलाई स्वतन्त्रताविरुद्ध भएको तर्क गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष विजय बिराज विष्टले तथ्यका आधारमा सत्यमा पुग्ने पत्रकारिताले समाज विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । त्यस्तै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाकर पन्थीले प्रेस चौतारी सशक्त सङ्गठनको रूपमा अगाडी बढिरहेको बताएका छन् ।