२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : दलितले फिर्ता गरे नागरिकता, खरानी बनाउने प्रचण्डको धम्की

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै एक हजारभन्दा बढी दलितले नागरिकताको फोटोकपी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई फिर्ता दिएका छन्।

बिहीबार दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायत एक हजारभन्दा बढीले प्रशासनका सहायक प्रमुख अनिल पौडललाई नागरिकताको फोटोकपी फिर्ता दिएका हुन्। ‘दलितमाथि हुने घटनामा सरकारले लापरबाही गरेपछि नागरिकता नै फिर्ता गरेर आन्दोलन गरेको हौं,’ अभियन्ता रेम रसाइलीले भने, ‘यो आन्दोलनको एक स्वरूप हो।’

उनका अनुसार अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका दलित युवा सत्येन्द्रकुमार रामलाई गृहमन्त्रीकै प्रत्यक्ष संलग्नतामा यातना दिएको खुलेको छ।

त्यसमा गुहमन्त्री लेखकमाथि छानबिन हुनुपर्ने भन्दै प्रदर्शन भइरहेको छ। सडकमा प्रदर्शन गरिरहँदा सरकारले बेवास्ता गरेपछि उक्त कदम चाल्नुपरेको उनले बताए।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–