
काठमाडौं, १ फागुन । देशकै ठूलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्टसँगको सहकार्यमा ‘ह्याकाथन प्रतियोगिता २०२५’ हुने भएको छ । कार्यक्रम फागुन ३ र ४ गते काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ र म्यानेजमेन्टको प्राङ्गणमा हुने आयोजकले बताएको छ ।
ह्याकाथन २०२५ ले युवापुस्तालाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने तथा नवीन समाधानहरु विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । सहभागिहरुले कोडिङ, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर विकास, साइबर सुरक्षालगायतका विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो दक्षता समेत प्रदर्शन गर्न पाउने छन् । साथै, विजेताले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर पाउने छन् ।
कार्यक्रममा कोडिङमा रुचि हुनेहरुले सहभागिता लिन सक्नेछन् । नेपालमा डिजिटल रुपान्तरण र प्रविधिगत प्रगतिमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धतालाई सशक्त बनाउन ह्याकाथन प्रतियोगिता आयोजन गरेको कम्पनीले जानकारी दिएको छ ।















प्रतिक्रिया