
काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरूद्वको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पूर्ण इजलासमा पेश गर्न आदेश गरेको हो ।
पूर्वप्रधानमन्त्रीद्वयविरूद्व पाँच वर्षअघि भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (कीर्ते) मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।









प्रतिक्रिया