२६ असार २०८३, शुक्रबार

बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सकियो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । काठमाडौंको बबरमहलमा हिजो फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ ।

नेपाल बिद्युत् प्राधिकरणले विद्युतका तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको हो ।

थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ । परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने बताइएको छ ।