२६ असार २०८३, शुक्रबार

काँग्रेस र एमालेबीच सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध रहँदै आएको छ : ईश्वर पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई बचाउन नेपाली काँग्रेससँग सहकार्य भएको बताएका छन् ।

आज नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सहि दिशामा ल्याउन गठबन्धन गरिएको बताउनुभएको हो । निर्वाचनमा भने स्वस्थ प्रतिस्पर्धा हुने उनले स्पष्ट पारे ।

नेपालमा उदार पुँजीवादी शक्तिको नेतृत्व नेपाली काँग्रेसले र अर्को सर्वहारा, श्रमजीवी वर्गको नेतृत्व वामपन्थी कम्युनिष्ट शक्ति नेकपा एमालेले गरिरहेको उनको भनाइ छ । यी दुई दलबीच सुरू देखि नै सहकार्य र प्रतिस्पर्धा गर्ने दुई आयामिक सम्बन्ध रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

प्रतिगमनविरूद्व विगत देखिनै कम्युनिष्ट र काँग्रेसबीच सहकार्य हूँदै आएको उनले स्मरण गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दे पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पार्टीभित्रका समस्या र अन्तरविरोध पार्टीभित्रै गर्नुपर्ने बताए । पार्टीभित्र विचार र नेतृत्वका विषयमा विवाद नरहेको स्पष्ट पार्लेदै उनले तलका विवाद कृतिम, नक्कली र स्वार्थकेन्द्रीत मात्रै रहेका धारणा राखे ।

इगो र व्यवहारका कारण पार्टीलाई कमजोर बन्न दिन नहुने र त्यस्ता प्रवृतिलाई छुट नदिने पनि उनले स्पष्ट पारे । थुप्रै आँधिले एमालेलाई हल्लाउन नसकेकामा अहिले साइबर हमलाबाट भएको हमलाको भने शसक्त प्रतिकार गर्न नसकिएको उन्को भनाइ छ ।