२३ असार २०८३, मंगलबार

प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी सर्वसम्मत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० माघ । प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट अध्यक्षमा सुमन पुरी सर्वसम्मत चयन भएका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको अधिवेशनले उपाध्यक्षमा युवराज विवश र महिला उपाध्यक्षमा ज्योति चौहानलाई चुनेको छ । त्यस्तै महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भए ।

प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भएका छन् । अधिवेशनमा आयोजक र प्रतिनिधि गरी १ सय ५६ जनाको सहभागिता रहेको थियो ।

अधिवेशनका एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा लगायत सहभागी थिए ।