
काठमाडौं, ३० माघ । काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा तीनजना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४० जना विद्यार्थी घाइते भएका छन् ।
चाबहिलमा रहेको एसएस एकेडेमीको बा २ ख ७९५८ नम्बरको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेका छन्।








प्रतिक्रिया