२१ जेष्ठ २०८३, बिहिबार

स्कटल्याण्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० माघ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । आयोजक नेपाल स्कटल्याण्ड एशोसियसन स्कटल्याण्ड, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश र फिल्म कल्चर सोसाइटी अफ नेपालले महोत्सवको आयोजना गर्न लागेको हो ।

एशोसियसनलाई नेपालबाट आयोजनामा सहकार्य नेपालबाट चलचित्र निर्देशक समाजले गर्नेछ । कार्यक्रमको सहजिकरण आदिवासी जनजाति चलचित्र महासंघ कोशी प्रदेशले गर्नेछ । एशोसियसनले मंगलबार एक कार्यक्रम गर्दै महोत्सव आगामी अगष्टमा आयोजना हुने घोषणा गरेको छ ।

आदिवासी चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाति चलचित्र महासंघ कोशी प्रदेशका अध्यक्ष ज्योतिराज राईले बताए । महोत्सवले आदिवासी जनजाती चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार हुने र निर्माणमा समेत तीव्रता आउने राईको विश्वास छ । स्कटल्याण्डपछि अन्य विभिन्न मुलुकमा समेत महोत्सव क्रममा आयोजना गर्ने लक्ष्य संस्थाको रहेको राईले सुनाए ।

कार्यक्रममा नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष विजय डंगोल, हिमालयन सेन्टरका अध्यक्ष टीका लिम्बु, कलाकार सुवाश थापा, निर्माता सागर सुवेदी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानलगायतको सहभागिता थियो ।

महोत्सवमा आदिवासीका खाना, पहिरन, कलासंस्कृतिको अलवा आदिवासी चलचित्र प्रदर्शन समेत हुनेछ । प्रदर्शन भएका चलचित्रका कलाकार र चलचित्रलाई अवार्ड समेत प्रदान गरिनेछ ।

कार्यक्रममा विभिन्न अन्तरक्रिया, सम्मान समेत आयोजना हुने महोत्सवमा थुप्रैको सहभागीता रहने महोत्सवका निर्देशक अरुण कुमार प्रधानले बताए ।

अगष्टमा स्कटरल्याण्डको एडिनबर्गमा विश्वको चर्चित महोत्सव ‘एडिनबर्ग महोत्सव’ आयोजना हुँदैछ । सोही अवसर पारेर यो महोत्सव हुन लागेको हो । स्कटल्याण्डमा आदिवासी चलचित्र महोत्सव हुन लागेको पहिलो भएको आयोजक नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष विजय डंगोलले बताए ।

महोत्सवमा समावेस हुने चलचित्रका विधा र अन्य जानकारी केही समयपछि दिने निर्देशक प्रधानले बताए ।