१८ असार २०८३, बिहिबार

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३० माघ । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनाभित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

सम्झौता पत्रका लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एकमात्र शक्तिपीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालि नेपालको पुरानो र ठूलो मध्येको एक व्यावसायिक संस्था हो । यसमा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् ।