
काठमाडौं, ३० माघ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता नहुने बताएका छन् ।
बुधबार राससको ६४ औं वार्षिकोत्सवको अवसरमा‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’बारे छलफल कार्यक्रममा उनले अधिकतम सहमतीका साथ गुणस्तरिय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानून बनाउने काममा लागेको भन्दै विधेयक निर्माणमा बहुमतको मान्यता नहुने बताएका हुन् ।
उनले भने, ‘विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुदैँन् । अधिकतम सहमतीका साथ गुणस्तरिय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानून बनाउने काममा लागिरहेका छौ । त्यस हिसाबले अबको यो अधिवेशनलाई पनि रचनात्मक तरिकाले बढि भन्दाबढि जनताका आवाज मुखरित हुने सरकारको कानमा पु¥याउने, संसदलाई जनताप्रति जवाफदेही बनाएर संसदलाई बलियो बनाउने कोशिस गरिरहेका छौ ।’
यसको साथै, उनले विधेयक र कानून निर्माणका सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष एक ठाँउमा उभिएर काम गर्ने भन्दै विपक्षमा रहेका साथिहरुलाई यही अपिल गरिरहेको बताए ।
उनले भने, ‘विधेयक र कानूननिर्माणका सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष एक ठाँउमा उभिएर समान धारणाका साथ संसदलाई राष्ट्रिय नीतिहरुको उपयुक्त बहस गर्ने सिर्जनात्मक, रचनात्मक बहस गर्ने थलोको रुपमा लैजानपर्छ हाम्रो चाहाना पनि यहीहो । हामीले विपक्षमा रहेका साथिहरुलाई पनि यही अपिल गरिरहेका हुन्छौ ।’
राससले राज्यकै एउटामुखपत्रको रुपमाआमजनताको भावनाबुझेर, सूचनाको हकलाई कार्यान्वयन गर्ने तहमा पु¥याउने गरि योगदानगर्दै आएको भन्दै सरकारको तर्फबाट केहीपहल गर्नुपर्ने आवश्यकताभएसहकार्य गर्न तयार रहेको पनिउनको भनाई छ ।









प्रतिक्रिया