
बुटवल, ३० माघ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्व डीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन् ।
जिल्ला अदालत रूपन्देहीको आदेशविरूद्व उनी उच्च अदालत पुगेका हुन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।
जोशीले जिल्ला अदालतको आदेश बदर गर्न माग गरेका छन् ।








प्रतिक्रिया